गोरखामा जिप दुर्घटना अपडेट : मृतक ५ र घाइते १२ जना सबै एकै गाउँका (नामसहित)
काठमाडौं, असार ८ । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ।
गोरखा जिल्ला प्रहरी कार्यालयका डीएसपी लीलाराज लामिछानेका अनुसार दुर्घटनामा जिल्लाको सहिद लखन गाउँपालिका–५, पोखरीडाँडाका १८ वर्षीय निरज थापा, सोही ठाउँका वर्ष २२ का प्रविन थापा, सोही ठाउँकी १७ वर्षीया नविना थापा, सोही ठाउँका ६५ वर्षीय धनबहादुर थापा र २४ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो।
सहिद लखन गाउँपालिका–३ सिलिङमा आइतबार बिहान २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट खस्दा १२ जना घाइते भएका छन्।घाइते पनि सबै जना एकै ठाउँ सहिदलखन गाउँपालिका-५, पोखरीडाँडाका बासिन्दा हुन्।
गोरखा प्रहरीका अनुसार दुर्घटनामा स्थानीय लालु थापा, सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना र प्रतीक राना घाइते भएका हुन्।
बाँकी ९ जना घाइतेको भने आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको उनले बताए।
सोही गाउँपालिकाको वडा नम्बर ५ बाट बेहुली लिएर फर्किंदै गर्दा जन्ती सवार जिप दुर्घटनामा परेको हो।















प्रतिक्रिया दिनुहोस्