बालेनको अडान कायमै: फेरि भने- अदालत र सरकार भारतको गुलाम भए, हिन्दी फिल्म चल्न दिन्न
काठमाडौं, असार ७ । काठमाडौँ महानगरका मेयर बालेन शाहले अदालतले आदेश दिएपनि हिन्दी फिल्म चलन नदिने बताएका छन् ।
उच्च अदालत पाटनले सेन्सर बोर्डले पास गरेका फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन आदेश दिएपछि बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालत र सरकार भारतको गुलाम भएको टिप्पणी गर्दै देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन् ।
उनले आफु जस्तो सुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै हिन्दी फिल्म चलन नदिने स्पष्ट गरेका छन् ।
उनले भनेका छन्- जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।















प्रतिक्रिया दिनुहोस्