नेपाललाई तेस्राे सफलता, सन्दीपले ब्रान्डन किङकाे विकेट लिए
काठमाडौं, असार ७ ।आईसीसी विश्वकप छनोटअन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले तेस्रो सफलता पाएको छ।
नेपालका लागि सन्दीप लामिछानेले १६ औं ओभरको तेस्रो बलमा ब्रान्डोन किङलाई बोल्डआउट गरेका हुन्।ब्रान्डोनले ४२ बलमा २ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएर आउट भए।
यसअघिका दुई खेलमा कुनै विकेट लिन नसकेका सन्दीपले वेष्ट इण्डिजविरुद्ध महत्वपुर्ण विकेट लिएका हुन्।
यसअघि चौथो ओभरको पहिलो बलमा गुल्सन झाले जोनसन चाल्र्स र दोस्रो ओभरको तेस्रो बलमा करण केसीले केल मेयर्सलाई क्याचआउट गराएका थिए।
चार्ल्स शून्य रनमै आउट भएका हुन्। केल १ रनमा आउट भएका हुन्।
वेष्ट इण्डिज १६ औं ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएर ५५ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया दिनुहोस्