नेकपा माओवादी केन्द्रले गर्यो केन्द्रीय समितिको बैठक आह्वान
काठमाडौं, असार ७ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।
पार्टी एकतासहित संगठनलाई चलायमान बनाउन आवश्यक कार्ययोजना तय गर्न माओवादी केन्द्रले असार तेस्रो साता केन्द्रीय समिति बैठक बोलाएको हो ।
पार्टी केन्द्रीय कार्यालयको सचिवलयले बैठक असार २३ गतेदेखि सुरु हुने जनाएको छ । चार दिनसम चल्ने बैठकमा पार्टीको २ महिने अभियान,सरकारको काम कारवाही, समाजवादी मोर्चा र नेसपासँगको एकताको बिषयमा छलफल हुनेछ ।
नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबीच एकताबारे लामो समयदेखि छलफल भइरहेपनि मूर्तरुप लिन नसकेको सन्दर्भमा केन्द्रीय समिति बैठकमा यसबारे पनि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्