मेयर बालेन्द्रकी शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा
काठमाडौं, असार ६ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकी शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छिन्।
मेयर शाहको पछिल्ला कार्यशैलीप्रति असहमति राख्दै उनले पदबाट राजीनामा दिएकी हुन्।
मेयर शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको उनले सचिवालयमा जानकारी गराएकी छिन्।
मेयर शाहले आफू नियुक्त हुनेबित्तिकै उनलाई सल्लाहकार नियुक्त गरेका थिए।














प्रतिक्रिया दिनुहोस्