प्रतिनिधिसभा बैठक बस्दै : मन्त्रालय अन्तर्गत बजेटमाथि छलफल

काठमाडौं , असार ५ । संघीय संसद अन्तर्गत मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत शहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शिर्षकमाथि छलफल भएको थियो ।

मंगलबारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले धारणा राख्नेछन् । सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्