समाजवादी मोर्चा आवश्यक छैन : चित्रबहादुर केसी
काठमाडौं, असार ४ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चार दल मिलेर बन्ने समाजवादी मोर्चाप्रति टिप्पणी गरेका छन् । केसीले आफ्ना पार्टी समाजवादी मोर्चामा सामेल नहुने प्रस्ट पार्दै कुनै मोर्चाको आवश्यक नरहेको बताएका हुन् ।
‘सत्तारुढ दलहरूसँगको गठबन्धन लोकतन्त्र र गणतन्त्र जोगाउने शर्तमा भएको हो । हामी त्यस्तो मोर्चामा सामेल हुँदैनौं तर गठबन्धन सरकार भने कायमै रहन्छ ।’ उनले भने, ‘यति चाँडै अर्को मोर्चा किन बनाउनुप-यो ? उहाँहरूसँग हाम्रो गठबन्धन लोकतन्त्र जोगाउने शर्तमा हो । लोकतन्त्रको पक्षमा उनीहरु उन्जेल हाम्रो सहकार्य हुन्छ ।’
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मिलेर आज साझा प्रतिबद्धता घोषणा गर्दै छ ।
प्रतिक्रिया दिनुहोस्