समाजवादी शक्तिहरुलाई एकतावद्ध गर्न मोर्चा बनाउन लागिएको हो : नेपाल
काठमाडौं , असार ३ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई एकतावद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताएका छन् ।
आइतबार बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तोबताएका हुन् ।
उनले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाई मिलाएर समाजवादी मोर्चा बनाइने बताउँदै उनले सो मोर्चा वैचारिक मोर्चा हुने बताए ।
उनले निश्चित विचार र सिद्धान्तका लागि एकतावद्ध हुनु स्वभाविक भएको बताए । अध्यक्ष नेपालले समाजवादको दिशामा अघि बढ्ने शक्तिहरु मिल्ने मान्यता रहेको भन्दै सहमत भएका पक्षहरुलाई समेट्दै जाने बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रमा राजनीतिक दलहरुका बीचमा मोर्चा बनाउन पाइने टिप्पणी गरे । उनले यति चाँडै अर्को मोर्चा किन बनाउनुपर्यो भनि प्रश्न गरे ।
उनले सत्तारुढ दलहरुसँगको आफ्नो पार्टीको गठबन्धन लोकतन्त्र र गणतन्त्र जोगाउने शर्तमा भएको भन्दै सो गठबन्धन भने कायमै रहने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्