जिम्बाब्वेविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं, असार ३ । आईसीसी विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बाब्वेविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। आठौं ओभरको अन्तिम बलमा सोमपाल कामीले २५ रन बनाएका जोयलर्ट गुम्बीलाई एलबीडब्लु धरापमा पारे।

पहिलो विकेटका लागि जोयलर्ट र कप्तान क्रेग इर्विनले ४५ रनको साझेदारी गरे।कप्तान इर्विन १६ रन बनाएर क्रिजमा छन्।

त्यसअघि आईसीसी विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बाबेसामु नेपालले २ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

हरारे स्पोट्र्स क्लबमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९० रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया दिनुहोस्