नेपाललाई दोस्रो झड्का, दुई विकेट डाउन

काठमाडौं, असार ३ ।  आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा घरेलु टोली जिम्बावेसँगको खेलमा नेपालले २ विकेट गुमाएको छ।

नेपालका खेलाडी कुशल भूर्तेल ९९ रनमा आउट भएका छन। उनी १ रनले गर्दा शतक बनाउन चुकेका छन्। अर्का खेलाडी आसिफ शेख ६६ रनमा आउट भएका छन्। यी दुवै खेलाडीलाई जिम्बाबेका बलर वेलिंग्टन मसाकाद्जाले आउट गरेका हुन्।

यसैबीच नेपालले ३८ ओभरमा दुई विकेट गुमाएर १९५ रन जोडेको छ। अघिल्ला दुई खेलाडी क्रमशः आउट भएपनि अहिले कुशल मल्ल र रोहित पौडेल खेलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्