फलफूल सिकेचर, पुर्निङ्स र आरी वितरण गर्दै गोकर्णेश्वर नगरपालिका
काठमाडौं, ३२ जेष्ठ । गोकर्णेश्वर नगरपालिकाले फलफूल तथा तरकारी बाली विरुवालाई काँटछाँट र कलमी गर्न सिकेचर, पुर्निङ्स र आरी वितरण गर्ने भएको छ ।
नगरपालिकाको आ.व. २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत फलफूल तथा तरकारी बाली विरुवालाई काँटछाँट र कलमी गर्न सिकेचर, पुर्निङ्स र आरी ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको हो ।
किसान लक्षित यो कार्यक्रम पालिका भित्रका ९ वटै वडाका किसानका लागि वितरण गर्न लागिएको नगरपालिकको कृषि विकास शाखाले जनाएको छ ।
पालिकाद्वारा सञ्चालित यस सहुलियतपूर्ण कार्यक्रममा सहभागि हुनका लागि इच्छुक कृषकहरुले वडा कार्यालयको शिफारिस र नागरिकता प्रमाणपत्र, जग्गाको लालपूर्जा तथा जग्गा भाडामा लिएको भए सोको सम्झौतापत्रसहित पालिकाको कृषि विकास शाखा आरुबारीमा यहि असार १ देखि ७ गतेसम्म सम्पर्क गर्न सकिने कुरा नगरपालिकाले जारी गरेको सूचनामा उल्लेखछ ।
नगरपालिकाले गरेका यस्ता किसान लक्षित कार्यक्रमले किसानलाई राहत महसुश हुने र कृषि व्यवसायिकरण गर्न सहज हुने विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस्