संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर १७ जना बेपत्ता
काठमाडौं, ३ जेष्ठ। संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर १७ जना बेपत्ता भएका छन् ।
संखुवासभाको चैनपुर नगरपालिका, ४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १७ जना कामदार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
निर्माणाधीन सुपर हेवा हाइड्रोमा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको र तीनको उद्धार गरिएको डीएसपी गोदारले बताए । ‘निर्माणाधीन हाइड्रोमा १९ जना कार्यरत थिए, १६ जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार भएको छ,’ डीएसपी गोदारले भने, ‘अरुको अवस्था थाहा हुनसकेको छैन ।’
उद्धार गरिएका तीन जनालाई उपचारका लागि चैनपुर लगिएको छ । बाढीको क्षतीको थप विवरण आउन बाँकी छ ।
शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने पुलहरू बगेका छन् ।
प्रतिक्रिया दिनुहोस्