प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन
काठमाडौँ , असार १ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो ।
बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार सांसदहरूले प्रश्न सोधेका थिए । प्रश्नोत्तरपछि समितिले कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।















प्रतिक्रिया दिनुहोस्