तीन महिने सिलाई कटाई तालिम सञ्चालन गर्दै गोकर्णेश्वर नगरपालिका

काठमाडौं, ३२ जेष्ठ । काठमाडौं, गोकर्णेश्वर नगरपालिकाले तीन महिने गार्मेन्ट सम्बन्धी सिलाई कटाई तालिम सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाको आर्थिक सहयोग तथा उत्तरगया क्रियटिभ महिला समाज, वडा नं ४ को संयुक्त आयोजनमा तीन महिने गार्मेन्ट सम्बन्धि सिलाई कटाई तालिम सञ्चालन गर्ने भएको हो ।

तालिममा पालिकाका स्थायी बासिन्दा २० जना महिलालाई सहभागी गराने छ । तालिमपश्चात गार्मेट सञ्चनलन हुने भएकाले तालिम प्राप्त महिलालाई सोहि गार्मेन्टमा रोजगारीको अवसर दिइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेखछ ।

तालिममा दलित ४ जना, आदिवासी÷जनजाती ७ जना र खुल्लामा ९ जना गरि जम्मा २० जनामात्र सहभागी गराईनेछ । खुल्लामा भने पालिकाको प्रत्येक वडाबाट १/१ जना सहभागी हुन पाउने प्रावधान पालिकाद्वारा जारी सूचनामा जनाएको छ ।

पालिकाद्वारा सञ्चालित यस कार्यक्रममा सहभागि हुनका लागि पालिकाको स्थायी बासिन्दा भएको प्रमाणपत्र, साक्षर, दलित, आदिवासी, वडा कार्यालयको शिफारिस, लक्षितवर्ग भएको प्रमाणपत्र, नागरिकता प्रमाणपत्र, १८ वर्षदेखि ४० वर्ष ननाघेको र आधारभूत सिलाई कटाई तालिम लिएको हुनुपर्ने छ ।

यो कार्यक्रम नगरपालिकाको सामाजिक विकास शाखा अन्तर्गत सञ्चालन हुने भएकाले सम्बन्धित शाखामा जेठ मसान्तसम्म सम्पर्क गर्न सकिने कुरा नगरपालिकाले जारी गरेको सूचनामा उल्लेखछ ।
नगरपालिकाले गर्ने यस्ता रोजगार लक्षित कार्यक्रमले व्यवसाय गर्न राहत महसुश हुनुका साथै काम गर्ने अवसर प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्