रोग नियन्त्रण गर्न निःशुल्क विषादी वितरण गर्दै गोकर्णेश्वर नगरपालिका
काठमाडौं, ३२ जेष्ठ । गोकर्णेश्वर नगरपालिकाले बाली विरुवामा लाग्ने रोग नियन्त्रण गर्नका लागि विषादी वितरण गर्ने भएको छ ।
नगरपालिकाको आ.व. २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तरकारी तथा खाद्यान्न बालीमा लाग्ने रोग तथा किरा नियन्त्रणका लागि विषादी तथा सुक्ष्म खाद्यय तत्व र हर्मन निशुल्क रुपमा वितरण गर्न लागेको हो ।
किसान लक्षित यो कार्यक्रम पालिका भित्रका ९ वटै वडाका किसानका लागि वितरण गर्न लागिएको नगरपालिकको कृषि विकास शाखाले जनाएको छ ।
पालिकाले गर्ने सहुलियतपूर्ण कार्यक्रममा सहभागि हुनका लागि इच्छुक कृषकहरुले वडा कार्यालयको शिफारिस र नागरिकता प्रमाणपत्रसहित पालिकाको कृषि विकास शाखा आरुबारीमा यहि असार १ देखि ७ गतेसम्म सम्पर्क गर्न सकिने कुरा नगरपालिकाले जारी गरेको सूचनामा उल्लेखछ ।
नगरपालिकाले गरेका यस्ता किसान लक्षित कार्यक्रमले किसानको मनोवल वृद्धिसँगै आय-आर्जन र रोजगारी सृजना हुनेछ ।
प्रतिक्रिया दिनुहोस्