राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं, ३१ जेष्ठ। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। उनको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए । अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको छ । ‘श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि अस्पताल आउनुभएको थियो’ उपचारमा संलग्न एक चिकित्सकले उहाँलाई मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) भएको हो ।

चिकित्सकका अनुसार अनुसार राष्ट्रपतिको मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ । पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुने लगायत समस्या भएपछि अस्पताल पुगेका थिए । ‘यस्तो स–साना हृदयघातले कुनै दिन ठूलो समस्या निम्त्याउँछ । ‘समयमै अस्पताल आइपुग्नुभएकाले एनजिओप्लास्टी गरेर रक्तनली खोलेको छ ।

अस्पताल निर्देशक डा। चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राष्ट्रपति पौडेलको शल्यक्रिया गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्