सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन

काठमाडौं, २८ जेष्ठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टीलाई सुद्धिकरण र चुस्त दूस्त बनाउन भन्दै पार्टीले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ।

आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो।

पाल गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए। उनी एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष पनि हुन्।

सचेतकमा चयन भएकी साउद भने डोटीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा चयन भएकी थिइन् । एमाले प्रमुख सचेतक सुदूरपश्चिम प्रदेशसभा

प्रतिक्रिया दिनुहोस्