अकुप्रेसर संघ र स्लामिया विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । २६ जेष्ठ । नेपाल अकुपन्चर, मोक्सिबुसन, अकुप्रेसर संघ नेपाल र ईस्लामिया विश्वविद्यालय बाहालपुर पाकिस्तानबीच अकुपञ्चर क्षेत्रमा अध्ययन र अनुसन्धान क्षेत्रमा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

पाकिस्तानमा भएको उक्त सम्झौतामा ईस्लामिया विश्वविद्यालयको तर्फबाट सहायक चान्सलर प्रोफ़ेसर डा.अथर महबूब र संघको तर्फबाट अध्यक्ष बिशाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त संझौता कार्यक्रममा संघको तर्फबाट धारणा राख्दै अध्यक्ष बिशाल श्रेष्ठले सार्क राष्ट्रबिच अकुपञ्चर क्षेत्रमा अध्ययन अनुसन्धानमा सहकार्यको आबश्यक्तामा जोडदिए।
त्यस्तै उक्त कार्यक्रममा ईस्लामिक विश्वविद्यालय कन्भेसनल चिकित्सा बिभाग प्रमुख डा. हाजिफ मुहुमुद आसिफ प्रोफेसर तथा विश्वबिद्यालय डिन डा.नाविद अख़्तरको उपस्थिती थियो । नेपाल अकुपन्चर मोक्सिबुसन, अकुप्रेसर संघ नेपालमा रहेका लाइसेन्स प्राप्त अकुपञ्चरिस्टहरुको साझा संगठन हो ।

प्रतिक्रिया दिनुहोस्