प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त
छिल्लो केहि दिनयता अत्याधिक गर्मी बढेको छ । प्रचण्ड गर्मिका कारण जमिन तातेको छ । पानीको स्रोत सुक्ने क्रम पनि बडेको छ । भएका पानी पनि तातो भएको छ । यसले गर्दा मानिसको जनजीवन उथलउुथल भएको छ । यहिँ क्रमलाई निरन्तरता दिँदै देशका तराइका भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । सोहि कारण सो भू(भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था रहेको महाशाखाको भनाइ छ । यस्तो अवस्थामा सबै खनाखो हुनुपर्ने अवस्था आएको छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको एक दुई स्थानमा मेघ(गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ।
हिजो अर्थात् बिहीबार सबैभन्दा बढी तापक्रम सिमरामा रहेको महाशाखाले जनाएको छ । सिमरामा हिजो दिउँसोसम्म ४२।६ डिग्री सेल्सियस मापन गरिएको थियो । यसैगरी, भैरहवा र जनकपुरमा ४२।४ डिग्री सेल्सियस र नेपालगञ्जमा अधिकतम तापक्रम ४१।८ र विराटनगरमा ४१।५ रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।
महासंघका अनुसार कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ(गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। त्यसैले, अत्याधिक गर्मी तथा मेघ(गर्जन र चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।
आगामी २ दिनको मौसमी अवस्था यस्तो
महाशाखाका अनुसार आगामी २ दिन पनि मौसमको अवस्था यस्तै रहिरहनेछ । भोली अथवा शनिबार कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ(गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी, आइतवार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा मेघ(गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्