१० महिनामा १० खर्ब पाँच अर्बको रेमिट्यान्स आयो, अर्थतन्त्र सुधारको संकेत

काठमाडौं। २६ जेष्ठ। देशको आर्थिक अवस्था सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा १० खर्ब पाँच अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ ।

राष्ट्र बैंकका अनुसार गतवर्षको तुलनामा विप्रेषण आप्रवाह २३।४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०।५ प्रतिशतले बढेको थियो । यसले देशको आर्थिक अवस्थामा सुधारको संकेट गर्दछ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३।४ प्रतिशतले वृद्धि भई सात अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १।२ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या ५१।४ प्रतिशतले वृद्धि भई चार लाख २१ हजार २७९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३।७ प्रतिशतले वृद्धि भएर दुई लाख ३८ हजार ९७६ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५।५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२।५ प्रतिशतले वृद्धि भई १११० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०।३ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्