बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोशिस भएको छ : सांसद बडू

काठमाडौँ –  सत्तारुढ नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोशिस भएको बताएका छन् ।

आज (बुधबार) प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बडूले बजेट वक्तव्यले देशको आर्थिक अवस्थामा सुधार ल्याउन पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्च घटाउने प्रयत्न गरेको बताए । उनले बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोशिस भएको उल्लेख गरे ।

उनले सो अनुरुपको कार्यनीति र कार्ययोजना पनि ल्याएको भन्दै प्रशंसा गरे। उनले बजेटले आर्थिक वर्षको पहिलो तीन महिना सबै प्रशासनिक काम सक्ने र मंसिरदेखि फिल्डमा काम देखाउने भन्नु राम्रो भएको उल्लेख गरे ।

दोहोरो कार्यक्षेत्र परेका निकायहरुलाई कटौति गर्नुपनि राम्रो रहेको उनले बताए । उनले बजेट कार्यान्वयन हुन सकेमा परिणाम दिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्