संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन- दुईपक्षीय हितलाई बलियो बनाउन भ्रमण अर्थपूर्ण रह्यो

काठमाडौं, जेठ २२ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण अर्थपूर्ण भएको बताएका छन् ।

आफ्नो भारत भ्रमणबारे संसद्मा जानकारी दिँदै उनले भ्रमण अर्थपूर्ण भएको बताएका हुन् ।उनले अर्थ, ऊर्जा र उड्डयनका विषयमा महत्त्वपूर्ण सहमति भएको बताएका छन् ।

सार्वजनिक भएकै कुराहरू बोलेका प्रधानमन्त्रीले समग्रमा आफ्नो भ्रमणले दुई पक्षीय हितलाई बलियो बनाउन कोशेढुंगा साबित भएको जिकिर गरे ।

‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा ‘सिमानाका विषयमा यताउता गरियो कि’ भनेर प्रश्न उठाइँदा चिन्तित भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले सीमा समस्या समाधान गर्ने विषयमा पहिलोपटक गम्भीर रूपमा कुरा गरिएको बेला यस्तो प्रश्न गरिनुले आफूलाई दुःखी बनाएको सुनाए ।

“सिमानाका विषयमा यति गम्भीर कुराकानी गरिएको र सकारात्मक वातावरणसहित दुवै देश एकै ठाउँमा उभिएको र समाधान गरिन्छ भनिएको यो पहिलोचोचिमा मैले नेपालको भूमिसम्बन्धी यताउता गर्‍यो कि भनेर माननीयजीहरूले राखेको देख्दा अत्यन्त चिन्तित र पीडित पनि भएको छु,” प्रधानमन्त्री प्रचण्डले भने ।

उनले आफूलाई सबैले धन्यवाद र बधाई दिन्छन् होला भन्ने सोचेर आएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्