सर्वोच्चमा सरकारविरुद्ध गौर हत्याकाण्डको मुद्दा दर्ता, भोलि पेसी
काठमाडौं, जेठ २१ । रौतहटको गौर हत्याकाण्डमा सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमबारलाई तोकिएको छ ।
त्रिभुवन साहसमेतले रिट दर्ता गरेका हुन् । ७ चैत २०६३ मा भएको सो घटनामा २८ जनाको मारिएका थिए ।
रौतहटको गौरस्थित राईस मिलको चौरमा मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीले कार्यक्रम राखेपछि भएको झडपमा २७ जनाको घटनास्थल र एकजनाको उपचारका क्रममा निधन भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।
















प्रतिक्रिया दिनुहोस्