सुनकोशी नदिमा गाडी खस्यो, तीन जना बेपत्ता
काठमाडौं, जेठ १९ । मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी-खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोरमा गाडी सुनकोशी नदिमा खस्दा ३ जना बेपत्ता भएका छन्।
गोलन्जोर गाउँपालिका-७ खुर्कोट लौकुनबाट सीटिइभीटिको सरकारी गाडी सुनकोसी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए।
गाडीमा रहेका ३ जना बेपत्ता भएका छन् भने गाडिका चालक पौडिएर निस्कन सफल भएको प्रहरीले जनाएको छ। गाडी नम्बर खुल्न बाकी रहेको र थप विवरण आउन बाकी रहेको एसपी सिलवालले जानकारी दिए।















प्रतिक्रिया दिनुहोस्