‘भारत–नेपाल पर्टनरसीप सुपरहिट बनाउँछौँ’
काठमाडौं, जेठ १८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच पछिल्ला नौ वर्षमा धेरै प्रगती भएको बताउँदै रेलवे सुरुवात, पेट्रोलियम पाइपलाइन लगायत थुप्रै काम गरेको बताएका छन् ।
भविष्यमा आफ्नो पर्टनरसीपलाई सुपरहिट बनाउन महत्त्वपूर्ण निर्णय भएको बताउँदै नयाँ रेल सम्झौता गरी भारतीय रेल संस्थामा नेपाली कर्मचारीलाई प्रशिक्षण दिने सम्झौता भएको जानकारी दिए ।
क्रस बोर्डर पेमेन्ट समझदारीले विद्यार्थी तथा पर्यटकलाई निकै सहयोग पुग्ने विश्वास उनले वक्त गरे । त्यस्तै आउने १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखिएको बताउँदै उनले फुकोट कर्णाली हाइड्रपावरलगायतका आयोजनामा भारतले मिलेर काम गर्ने जानकारी गराए । अमलेखगन्जको पाइपलाइनलाई विस्तार गरी चितवनीसम्म पुर्याउने बताएका उनले झापा सिलिगुडीमा नयाँ पाइपलाइन बनाउने पनि जानकारी गराए ।
उनले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्रता दिने आफू दुईजना छलफल भएको बताए । नेपाल र भारतको सम्बन्ध हिमाल जस्तै उच्च रहेको बताउँदै उनले सीमालगायत अन्य समस्या समाधान गरिने बताए ।
यता भारतले नेपालमा रासायनिक मल कारखाना खोल्न सघाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेका बेला यसबारे दुई देशबीच यसमा सहमति भएको हो।
नेपालमा रासायनिक मल खोल्नेबारे सहमति भएको दुवै देशमा प्रधानमन्त्रीले हैदरावाद हाउसमा भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा मल कारखाना खोल्न भारतले सघाउने जानकारी दिए।
उनका अनुसार मोतीहारी(अमलेखगञ्ज पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म ल्याउने सहमति पनि भएको छ। त्यसैगरी नेपालको पूर्वी नाकाका लागि सिलगुढीबाट झापासम्म एक अर्को पाइप लाइन पनि बनाउने घोषणा उनले गरेका छन्।
मोदीले चितवन र झापामा नयाँ पेट्रोलियम स्टोरेज पनि बनाइने बताएका छन्। उनले नेपालमा मल कारखाना खोल्ने कुरामा पनि दुई देशका प्रधानमन्त्रीबीच सम्झौता भएको जानकारी दिए।















प्रतिक्रिया दिनुहोस्