प्रधानमन्त्री दाहाल र मोदीबीच भेटवार्ता सकियो, नेपाल र भारतबीच द्विपक्षीय वार्ता

काठमाडौं, जेठ १८ । नेपाल र भारतबीच आज द्विपक्षीय वार्ता भएको छ।

चार दिने भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेका दुई देशका प्रतिनिधि मण्डलबीच बिहीबार नयाँदिल्लीको हैदरावाद हाउसमा वार्ता भएको हो।

त्यस्तै प्रधानमन्त्री दहाल र समकक्षी नरेन्द्र मोदिबीच हैदराबाद हाउसमा भेटवार्ता पनि भएको छ ।

भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्