नयाँदिल्लीमा प्रधानमन्त्री प्रचण्डको स्वागत ! तस्बिरमा हेर्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि आजै काठमाडौंबाट प्रस्थान गरेका थिए।
उनलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरिन्।
विमानस्थलमा स्वागतपछि उनी आरामका लागि होटल मौर्य प्रस्थान गरेका छन्। प्रधानमन्त्री प्रचण्डसँग आजै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्ने कार्यक्रम छ।
डोभलसँगको भेटघाटपछि प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुनेछन्। रात्रिभोजका क्रमा प्रधानमन्त्री प्रचण्डले प्रवासी नेपालीहरूलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
।
तस्बिरहरूः प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया दिनुहोस्