पप्पु कन्स्ट्रक्सनसहित २३ वटा निर्माण कम्पनी कालोसूचिमा
काठमाडौं, जेठ १७ । सरकारले पप्पु कन्स्ट्रक्सनसहित २३ वटा निर्माण कम्पनीलाई कालो सूचिमा राखेको छ ।
समयमा काम पूरा नगरेका पप्पु कन्स्ट्रक्सनसहित २३ वटा कम्पनीलाई कालो सूचीमा राखिएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरुलाई कम्तिमा एक वर्षदेखि बढीमा तीन वर्षसम्म सार्वजनिक खरिद कार्यमा सहभागी हुन नपाउने गरी कालोसूचिमा राखेको हो ।
कालो सूचीमा परेका कम्पनीहरुले उक्त अवधिभर सरकारी, गैरसरकारी तथा सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।















प्रतिक्रिया दिनुहोस्