सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

 

काठमाडौं, जेठ १५ । सरकारले आउँदो आर्थिक वर्षमा अनावश्यक क्षेत्रमा हुने खर्च कटौती गर्ने भएको छ । संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले उस्तै प्रकृतिका २० वटा संस्था खारेज गर्ने जानकारी दिए।

यस्तै विभिन्न प्रकारका भत्ताको खारेज गरिने उनले बताए । नयाँ गाडी नकिन्ने, अत्यावश्यकबाहेक नयाँ भवन नबनाउने, गाडीको सुविधा पाउने कर्मचारीलाई इन्धन खर्चबापत नगद नै दिने तथा पुराना र प्रयोगविहीन सामान छ महिनाभित्र लिलाम गर्ने, अत्यावश्यकबाहेक वैदेशिक भ्रमणमा रोक लगाउने लगायतका व्यवस्था गरिने अर्थमन्त्री महतले जानकारी दिए ।

सरकारले आगामी आर्थिक वर्षमा गाँजा खेतीको सम्भाव्यताको अध्ययन गर्ने भएको छ ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यताको अध्ययन गरिने जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्