कांग्रेसले अब चुनावअघि गठबन्धन गर्दैन: महामन्त्री थापा

काठमाडौं , जेठ १५ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब चुनावमा गठबन्धन नगर्ने बताएका छन् ।

कांग्रेस ललितपुर- २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अब चुनाव अघि कुनै किसिमको गठबन्धन नगर्ने बताएका हुन् ।

कांग्रेस अहिले सत्ता केन्द्रित भएर पार्टीको नीति र सिद्धान्त बिर्सिएको बताउदै महामन्त्री थापाले अब पार्टीले गलत निर्णय गरेमा चुप लागेर नबस्ने बताएका छन् ।

जुन तहबाट गल्ति भएको छ त्यहिबाट सच्याईनु पर्ने बताउदै थापाले अब पार्टीले गरेका गल्तिलाई सच्याउदै माफी माग्दै जनतासँग जाने बताए ।

कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले रेशम चौधरीलाई आममाफी दिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

गणतन्त्रमा कानुनको शासन हुनुपर्ने बताउदै आफुलाई सरकार चलाउन सजिलो बनाउन गरिएका निर्णय बलमिच्याई भएको थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्