९५ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच

काठमाडौं, जेठ १५ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ९५ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ।

अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको फागुनसम्मको अवधिसम्म ५ प्रतिशत मात्रै विद्युत्को पहुँचबाहिर रहेका छन्। गत आर्थिक वर्षको अन्त्यसम्म भने ९४ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको थियो।

आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको फागुन मसान्तसम्मको अवधिमा प्रतिव्यक्ति खपत ३२५ किलो घण्टाबाट बढेर ३५१ किलोवाट घण्टा पुगेको छ।

२०७९ को असार मसान्तको तुलनामा चालु आवको फागुन मसान्तसम्मको अवधिमा २१.७ प्रतिशतले वृद्धि भएर २६ सय ६६ मेगावाट पुगेको छ। २०७९ असार मसान्तसम्मको अवधिमा कुल जडित क्षमता भने २१ सय ९० रहेको थियो।

जलविद्युत् आयोजनाबाट २४ सय ४९ मेगावाट, वैकल्पिक ऊर्जाबाट ८२ मेगावाट र चिनीमिलबाट ६ मेगावाट बिजुली उत्पादन भएको छ।

प्रतिक्रिया दिनुहोस्