गणतन्त्र राजाबाट नभइ राजनीतिक दलबाटै खतरामा छ : डा कोइराला

काठमाडौं, जेठ १५ ।  नेपाली कांग्रेसका नेता डा‍‍‍. शेखर कोइरालाले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरुबाटै खतरामा रहेको बताएका छन्।

नेपाली कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं–१ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले राजनीतिक दलका शैली र क्रियाकलाप ठिक नभएकाले गणतन्त्रप्रति जनताको बितृष्णा पैदा भएको बताए ।

उनले भने ‘ राजाका गतिविधि हुने बित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भनेर भन्छौं तर उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरुबाटै छ।’

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, बिधिको शासनमा देशलाई हिडाउँन, महंगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको उनले बताए।

कांग्रेस पार्टीका बारेमा नकारात्मक कुरा गरेर संगठन कमजोर बनाउने काम नगर्न उनले कार्यकर्तालाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्