रेशम चौधरीलाई उन्मुक्ति नदिन पूर्व प्रहरी कर्मचारीहरुको माग

काठमाडौं, जेठ १४ । टीकापुर घटनामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीलाई राष्ट्रपति कार्यालयले बाँकी कैद सजाय माफी दिन लागेको निर्णय रोक्न माग गर्दै पूर्वप्रहरी कर्मचारी परिषद् नेपालले सरकारको ध्यानाकर्षण गराएको छ।

परिषद्ले आइतबार एक विज्ञप्ति जारी गर्दै टीकापुर घटनामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी नगर्न सरकारलाई आग्रह गरेको छ।

परिषद्ले राष्ट्रपति, प्रधानमन्त्री, गृमहमन्त्री तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख आयुक्तलाई पत्र लेख्दै यस्तो कार्यले बहालवाला प्रहरी कर्मचारीको मनोबल कमजोर पार्ने र अपराधीको मनोबल बढ्ने दाबी गरेको छ।

‘प्रहरीको नृशंस हत्या गरी मानवअधिकारकोसमेत घोर उल्लंघन गरेका अपराधीहरुलाई राजनैतिक स्वार्थका आधारमा माफी दिनु आफैंमा अक्षम्य अपराध हो’, परिषदको विज्ञप्तिमा भनिएको छ, ‘मानवअधिकार उल्लंघनलाई प्रश्रय दिने, स्थापित कानुनी मूल्यमान्यता भत्काउने विधिको शासनको उपहास गर्ने क्रियाकलाप मान्य हुन सक्दैन भन्ने मत राख्न हामी बाध्य छौं।’ चौधरीको नेतृत्वमा टीकापुरमा प्रहरी, बालकसहित ९ जनाको निर्ममतापूर्वक हत्या भएको थियो।

 

purbapolice1685273551.png

प्रतिक्रिया दिनुहोस्