संसदीय सुनुवाइ समितिले पायो पूर्णता, को को परे समितिमा ?

काठमाडौं, जेठ १४ ।  संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम टुंगिएपछि समितिले पूर्णता पाएको छ ।

संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगो लागेपछि आईतबार समितिले पूर्णता पाएको हो । राजनीतिक दलहरुले प्रतिनिधिसभाबाट समितिमा रहने सांसदहरुको नाम दिएपछि सभामुख देवराज घिमिरेले बैठकमा प्रस्ताव गर्नुभएको नाम प्रतिनिधिसभा सभाले अनुमोदन गरेको हो ।

१५ सदस्सीय समितिमा नेपाली कांग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्की, ईश्वरी न्यौपाने, रमेश लेखक र जीवन परियार गरी चार जना रहेका छन् । त्यसैगरी समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट लिलानाथ श्रेष्ठ, पदम गिरी,महेश कुमार बर्तौला र इश्वरी जीएम रहेका छन् । नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा,राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल,राष्ट्रिय प्रजातन्त्र पार्टीबमट पशुपतिशमशेर राणा र जनता समाजवादीबाट प्रकाश अधिकारी रहेका छन् । १५ सदस्सीय समितिमा राष्ट्रियसभाबाट कांग्रेसका रमेशजंग रायमाझी,एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्का जगप्रसाद शर्मा गत बैशाख १३ गते नै मनोनित भईसकेका छन् ।

समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरु, संवैधानिक आयोगका पदाधिकारी तथा सदस्य, राजदूतको नाम अनुमोदन गर्ने जस्ता काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्