१७ जेठदेखि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण

काठमाडौं , जेठ ११। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १७ जेठदेखि भारतको औपचारिक भ्रमणमा जाँदै छन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले भ्रमण मिति र कार्यतालिका एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले भ्रमण ऐतिहासिक हुने दाबी गरिरहेका वेला पूर्वपरराष्ट्रमन्त्री एवं अन्तर्राष्ट्रिय मामिला जानकारले भ्रमणले दुई देशबीच पारस्परिक विश्वास अभिवृद्धि गर्ने गरी नेपालले तयारी गर्नुपर्ने सुझाव दिएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेता डा. नारायण खड्काले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण परम्पराको निरन्तरता भएको दुई देशबीचका सीमादेखि व्यापार, ऊर्जा, लगानी, पूर्वाधार र सहयोगसमेतका विषय उठाउनुपर्ने सुझाव दिए ।

पूर्वपरराष्ट्रमन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले नेपाल र भारतबीच राजनीतिक सम्बन्ध सम्पर्क स्थापित गर्ने र राजनीतिक विश्वासको वातावरण बनाउनुपर्ने आजको आवश्यकता रहेको टिप्पणी गरे ।प्रधानमन्त्रीलाई सबैसँग सुझाव लिएर सबैको विश्वास आर्जन गरेर भारत भ्रमणमा जान उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्