देउवाको विश्वास : कानुनी प्रक्रियामा खाण निर्दोष साबित हुन्छन्

काठमाडौं, जेठ १० । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराहीमा पुगेका युवा नेता, केन्द्रीय सदस्य र सांसदहरूसँगको कुराकानीमा देउवाले कानुनी प्रक्रियामा बालकृष्ण खाण निर्दोष साबित हुने विश्वास व्यक्त गरेका छन् ।

‘उहाँ (खाण) नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न हुनुहुन्छ भन्नेमा मलाई विश्वास छैन । अहिले नै दोषी करार भएजसरी प्रस्तुत गरिएको छ । प्रहरी र मिडियाले दोषी करार गर्दैमा हुँदैन । उहाँको विषयमा धेरै चिन्ता नगर्नुस् । कानुनी प्रक्रियामा उहाँ निर्दोष हुनुहुन्छ भन्ने मलाई विश्वास छ,’ देउवाको भनाइ थियो ।

यता  नक्कली भुटानी शरणार्थी प्रकरणमा दलका नेता, गृह मन्त्रालय हुँदै प्रधानमन्त्रीनिवाससम्म पोलिएका छन् । हिरासतमा रहेका बिचौलियाले सहरका रेस्टुरेन्ट, गृह मन्त्रालय, पुल्चोकस्थित मन्त्रीनिवास मात्र होइन, बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससम्मै पुगेर ‘काम फत्ते गराउन’ राजनीतिक र प्रशासनिक नेतृत्वलाई रकम बुझाएको बयान दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान अयाोगका प्रमुख प्रेम कुमार राई पनि नक्कली भुटानी शरणार्थी प्रकरणको शंकाको घेरामा परेका छन् । कारण – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकारका रुपमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले अख्तियार दुरुपयोग अनुसन्धान अयाोगका प्रमुख प्रेम कुमार राईको नाम लिएका छन् ।

त्यस्तै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान भन्दै करोडौं असुलउपर गर्ने गिरोहमा संलग्न रहेको भन्दै उनको नाम लिइएपछि उनी शंकाको घेरामा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्