कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा
काठमाडौं , जेठ ९ । पर्वतारोही कामीरिता शेर्पाले २८ औं पटक विश्वको सर्वोच्च सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।
सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
यस अघि २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नु भएका कामीरिताले सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले पनि २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गर्नु भएको हो ।
यससँगै कामीरिता विश्वमा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोही बन्नु भएको छ ।कामीरिता सोलुखुम्बुकै थामे गाउँका बासिन्दा हुन् ।















प्रतिक्रिया दिनुहोस्