प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

काठमाडौं, जेठ ९ ।  सरकारको नीति तथा कार्यक्रममाथि आज (मंगलबार) पनि छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आइतबारबाट छलफल सुरु भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित हुन नदिने जनाएको छ । सरकारले देशलाई निर्देश गर्ने नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्