‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं , जेठ ८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार बिसौं चरणका दुई खेल हुँदैछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउसो ३ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन् । सोही समयमा च्यासल मैदानमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेडले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।
चर्च ब्वाइज सोमबार ११ औं जितको योजनामा छ । १९ खेलबाट उसको ३६ अंक छ । २० खेलबाट ३४ अंक जोडेको मच्छिन्द्र क्लब दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको जावलाखेल युथ क्लबको ३३ अंक छ ।
१८ अंक जोडेको एफ।सी खुमलटार र २१ अंक जोडेको फ्रेण्ड्स क्लब रेलीगेशन क्षेत्रमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्