नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, जेठ ७ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै १६ जना थप तीन दिन हिरासतमा रहने भएका छन् ।

आइतबार जिल्ला अदालत काठमाडौंले १६ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका बादलका सल्लाहकार ईन्द्रजित राई, गिरोहका सानु भण्डारी, केशव दुलाल, टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायतलाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी गरेको थियो । तर आइतबार पनि उनीहरुलाई म्याद थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्