नक्कली शरणार्थी प्रकरणका दोषीलाई उम्काउन खोजियो : अध्यक्ष ओली
काठमाडौं, जेठ ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउन खोजिएको आरोप लगाएका छन् ।
शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन र दोषी उम्काउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रमुख तीन दलका शीर्ष नेताहरुको बीच भएको भेटमा दोषी उम्काउन खोजिएको भनेर भएको टिप्पणीप्रति आपत्ति जनाउँदै उनले भ्रष्टाचारविरुद्ध भएका छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताए ।
अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफलमा भाग लिँदै ओलीले भने, ‘नीति कार्यक्रम फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस्।’
अहिलेको नीति कार्यक्रममा देशको हित हुन सक्ने र कुनै योजना नभएकाले फिर्ता लिएर फेरि लेख्ने भए प्रतिपक्षी दलको साथ रहने उनले बताए।
देशको वास्तविक समस्या लुकाएर नीति कार्यक्रममा दोधारे कुरा राखिएको भन्दै उनले व्यङ्ग्य गरे, ‘रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ।’
प्रतिक्रिया दिनुहोस्