सन्दीप लामिछानेविरुद्ध मुद्दाको आज पेशी
काठमाडौं, जेठ ७ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेशी आज (आइतबार) लाई तोकिएको छ ।
तीन पटकको पेशी बिना सुनवाई स्थगित भएको थियो भने एउटा पेशीमा बहस भएर सकिएको थियो । आजको पेशीमा पनि सुनवाइ हुने कुरामा सन्दीपका कानून व्यवसायीहरू आशावादी छैनन् ।
यसअघि सन्दीप लामिछाने विरुद्धको मुद्दा फास्ट ट्रयाकमा लगेर छिटो फैसला गर्न सर्वोच्च अदालतले गत १५ फागुनमा जिल्ला अदालत काठमाडौंलाई निर्देशनात्मक आदेश दिएको थियो । सन्दीपको मुद्दा किनारा नलाग्दा उनको व्यवसायिक क्रिकेटमा अप्ठेरो परेको छ ।
उनले विश्वका धेरैजसो अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरु खेल्न नपाएर आर्थिक रूपमा नोक्सानी व्यहोरिएको उनका समर्थहरु बताउँछन् । यही मुद्दाका कारण सन्दीपले केन्द्रीय कारागारमा ९९ दिन विताएका थिए ।
जेलमा रहँदा उनले राष्ट्रिय टिमका ४ खेल खेल्न पाएका थिएनन् । नेपालले आगामी १८ जूनदेखि ९ जुलाईसम्म हुने विश्वकपको ग्लोबल क्वालिफायर प्रतिस्पर्धा गर्दैछ ।















प्रतिक्रिया दिनुहोस्