पूर्वीरुकुम केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प धक्क

काठमाडौं, ७ जेष्ठ । रुकुम, पूर्वीरुकुमको हुकाम गाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान २ बजेर ५९ मिनेटमा ४।१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

यसअघि गत वैशाख २१ गते बाजुराको विछ्या केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूगर्भविदहरुले पश्चिम नेपालमा वर्षौंदेखि ठूलो भूकम्प नगएकाले सो क्षेत्र ठूलो भूकम्पको उच्च जोखिममा रहेको औंल्याएका छन् ।तर साना तिना भुकम्प भने गईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्