सार्वजनिक स्थानमा एक हजार शौचालय बनाउने सरकारको घोषणा

काठमाडौं, जेठ ५ ।  सरकारले सार्वजनिक स्थानमा एक हजार सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्थलमा एक हजार शैचाल बनाइने बताए।

शहरी तथा राजर्माग वपरपरि यात्री, पर्यटक, सेवाग्राही र अत्याधिक चाप हुने सार्वजनिक स्थलमा नीजि तथा सामुदायिक साझेदारीमा एक हजार सुविधासम्पन्न सार्वजनिक शैचालय र स्थल निमार्ण गरिने बताए।

त्यस्तै सरकारले पेट्रोलियम पदार्थको परनिर्भरता घटाई विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिने भएको छ।

आगामी वर्षको नीति तथा कार्यक्रममा कार्वनउत्सजर्न कम गर्न यातायात क्षेत्रमा नविकरणीय उर्जा प्रयोग गर्ने उल्लेख गरेको हो।

पेट्रोलिय पाइपलाइनको विस्तार र न्युनतम भण्डारणको कार्यक्रमलाई पनि सँगै अघि राखेको छ।

प्रतिक्रिया दिनुहोस्