नयाँ आयोजनाको पूर्व तयारी सकेर मात्रै बजेट विनियोजन गरिने

काठमाडौं, जेठ ५ । सरकारले नयाँ आयोजनाका पूर्व तयारी सकेपछि मात्रै बजेट विनियोजन गर्ने भएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व तयारी सकेपछि मात्रै आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका हुन्। सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइने भएको छ।

आयोजना वर्गीकरण निर्देशिका बमोजिम ३ तहमा सञ्चालन हुने आयोजनाको वर्गिकरण गर्ने नीति तथा कार्यक्रममा रहेको छ।

सहज जग्गा प्राप्ती, खरिद प्रक्रियालाई सहज बनाउन नयाँ कानुन बनाउने भएको छ।

यस्तै  सरकारले तीन तहका सरकारको कार्यात्मक सुदृढीकरण गरी कामको दोहोरोपन हटाउने घोषणा गरेको छ ।

आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले कार्यविस्तृतीकरण प्रतिवेदनको पुनरालावेकन गरिने बताएका छन् ।

उनले राष्ट्रिय समन्वय परिषद् लगायतलाई सक्रिय बताउने बताएका हुन् ।

राष्ट्रिय प्राथमिकताको काम गर्न तीनै सरकारलाई गर्न नीतिगत र कानुनी व्यवस्था गरिने पौडेलले बताएका छन् ।

तीन तहका सरकारबीच राम्रो समन्वय नभएको र सरकारले गर्ने कामहरु दोहोरिने गरेको भन्दै आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्