सरकारले विद्युतीय खरिद प्रक्रियालाई बढवा दिने

काठमाडौं , जेठ ५ । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । यतिबेला बचत सहकारीहरु आर्थिक समस्यामा छन् ।

सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचत कर्ताको लगान सुरक्षा गरिने, सहकारीलाई कडाई साथ नियमन गरिने पनि उल्लेख छ । सहकारीलाई उत्पादन मुलक क्षेत्रमा लगानीक गर्न प्रेरित गरिने पनि राष्ट्रपति पौडेलले घोषणा गरे ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय खरिद प्रणालीलाई प्राथमिक्तामा राख्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युतीय खरिद प्रक्रियालाई प्राथमिक्तामा राख्ने घोषणा गरेका हुन् ।

उनले भने, ‘विद्युतीय खरिद प्रक्रियालाई अनिवार्य गर्दै लगिने छ ।’ यस्तै, सबै सरकारी काममा सार्वजनिक खरिद प्रक्रियालाई थप कडाई गर्नुका साथै व्यवस्थित समेत गर्ने योजना सरकारले बनाएको राष्ट्रपति पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्