लोकतन्त्रप्रति नागरिकको भरोसा र जागरुकता उत्साहजनक ढंगले बढेको छ : राष्ट्रपति पौडेल

काठमाडौं, जेठ ५ ।  राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारको पहिलो बैठकले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपानाउने निर्णय गरेर कार्यान्वयन गर्न थालेसँगै जनतामा लोकतन्त्रप्रति भरोसा बढेको बताएका छन् ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै उनले सरकारले कार्यभर सम्हालेको छोटो समयको उपलब्धी देखिन थालेको सुनाए ।

“राज्य र लोकतन्त्रप्रति नागरिककको भरोसा र जागरुकता उत्साहजनक ढंगले बढेको छ,” उनले भने । विधिको शासनप्रति जनताको भरोसा बढेको उनको भनाइ छ । भ्रष्टाचार नियन्त्रणमा जनता र सरकार एकै ठाउँमा आएको पौडेलले जनाए ।

त्यस्तै  पौडेलले नयाँ सरकार बनेपछि आर्थिक विकासले गति लिन थालेको बताएका छन्। संसदमा सरकारको नीति तथा कार्यैक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले बाह्य क्षेत्रमा समेत सुधार आएको र त्यसमा यो सरकारको महत्वपूर्ण योगदान रहेको बताए।  ‘तर पनि सरकारले आफ्नो स्रोतेको परिचालन गर्नुपर्ने छ’ उनले भने।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले सार्वजनिक खर्चमा मितव्ययिता, भष्टाचार नियन्त्रण, आर्थिक विभेदको नियन्त्रण गर्ने सरकारको आगामाी प्राथमिकता हुने बताए।

कर्णाली, सुदूरपपश्चिम र मधेश प्रदेश केहि पछि परेकोले यी क्षेत्रलाई आगामाी दिनमा प्रथमिकता दिइने उनले बताए।

प्रतिक्रिया दिनुहोस्