कांग्रेस सभापति देउवा पुत्र जयवीरसिंहले गरे इन्गेजमेन्ट, माघमा बिहे

काठमाडौं, जेठ ५ ।  कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन् । जयवीरसिंहले यही जेठ १ गते दुई परिवारको उपस्थितिमा शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन् ।

शिवानासँग औँठी साटासाट गरेका जयवीरसिंहले सम्भवतः यहीँ माघमा बिहे गर्ने बताइएको छ । जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठका छोरा सञ्जीवभक्तकी कान्छी छोरी हुन् ।

जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ । कभर गायकसमेत रहेकी शिवाना सौन्दर्य सामग्री (ब्युटी-प्रडक्ट)को व्यापारमा छिन् । उनकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेकी हुन् । उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन ।’

प्रतिक्रिया दिनुहोस्