सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने

काठमाडौं, जेठ ३ ।  सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले नै प्रस्तुत गर्ने भएका छन् ।

जेठ ५ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संसद सचिवालयले राष्ट्रपतिले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ रहेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छलफल चलिरहँदा विवाद सिर्जना भएपछि राष्ट्रपति आफैले प्रस्तुत गर्ने भएका हुन् ।

यसअघि राष्ट्रपतिले सुरु गर्ने र प्रधानमन्त्रीले वाचन गर्ने गरी बालुवाटारमा सत्ता गठबन्धनका दलहरुबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्