अबका चुनावमा गठबन्धन नगरी कांग्रेस एक्लै खडा हुनुपर्छ : शेखर कोइराला
काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन् ।
काठमाडौँमा प्रजातान्त्रिक विचार समाजको २५औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै कोइरालाले यस्तो बताएका हुन् ।
कांग्रेस पार्टी यतिबेला अत्यन्तै अप्ठ्यारोमा परेको बताउँदै उनले हरेक पाइलामा पार्टी एक्लै उभिनुपर्नेमा कोइरालाको जोड छ ।
अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै कोइरालाले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने धारणा राखे ।
कोइरालाले पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रती आम जनताको धारणा नकारात्मक रहेकोले नेताहरु सुध्रिने समय आएको पनि बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने बताए ।
‘जुनसुकै दल वा जुन तहका ब्यक्ति भए पनि कानुनबमोजिम कारबाही हुनैपर्छ,’ कोइरालाले भने ।
प्रतिक्रिया दिनुहोस्